माओवादी केन्द्रले ग¥यो उम्मेद्वारी घोषणा कस्ता छन प्रतिवद्धता ?



 

जेष्ठ ११ , दाङ । आसन्न स्थानिय तहको निर्वाचन लाई मध्ये नजर गर्दै नेकपा माओवादी केन्द्र दाङले जिल्लाका १० वटै स्थानिय तहको उम्मेद्वारी सार्वजानिक गरेको छ । जिल्लाका १ सय वडा सहित ७ गाँउपालिका १ नगरपालिका र २ उप–महानगरपालिकाको उम्मेद्वारी घोषणा गरेको हो । दाङको केन्द्र मानिने घोराही र तुलसीपुर उप–महानगरपालिका सहित सवै गाँउपालिका र वडाहरुमा उम्मेद्वारी घोषणा गरेको छ ।
जसमा घोराही उप–महानगरपालिका प्रमुखमा जीवन गौतम र उप–प्रमुखमा सीता चौधरी लाई अगाडी सारेको छ । त्यस्तै तुलसीपुर उप–महानगरपालिकामा शेषुराम भण्डाIMG_0203री र उप–प्रमुखमा सीता चौधरी रहेका छन ।
त्यस्तै राजपुर गाँउपालिका प्रमुखमा श्याम वहादुर झाँक्री र उप–प्रमुखमा पुष्पा यादव , राप्ती गाँउपालिका प्रमुखमा श्यामेश चौधरी र उप–प्रमुखमा भगवता शर्मा , लमही नगरपालिका प्रमुखमा द्रोपता पौडेल र उप–प्रमुखमा कावुराम चौधरी अघि सारेको छ ।
बंगलाचुली गाँउपालिका प्रमुखमा भक्त वहादुर केसी र उप–प्रमुखमा यमुना घर्ति , त्यस्तै दंगीशरण गाँउपालिका प्रमुखमा हिरालाल चौधरी र उप–प्रमुखमा सीता चौधरी , शान्तीनगर गाँउपालिकामा नेत्र वहादुर रोका प्रमुख र उप–प्रमुखमा राधिका परियार , बबई गाँउपालिका प्रमुखमा शुशिल क्षेत्री र उप–प्रमुखमा उर्मिला चौधरी र गढवा गाँउपालिका प्रमुखमा लुमाकान्त न्यौपाने प्रमुखमा र उप–प्रमुखमा रमा चौधरी लाई माओवादी केन्द्र दाङले अघि सारेको छ ।

त्यस्तै घोराही उप–महानगरपालिका वडा १ . मा थम वहादुर डाँगी , २ मा तुलसी पोरखेल , ३ मा फर्साराम नेपाली , ४ मा गेदुलाल रिजाल , ५ मा मदन डाँगी , ६ मा खिम वहादुर चौधरी , ७ मा वुद्धि प्रकाश चौधरी लाई अघि सारेको छ । त्यस्तै वडा न. ८ मा पिताम्वर वंली , ९ मा चैतु चौधरी , १० मा वुद्धि प्रकाश चौधरी , ११ मा प्रकाश विक , १२ मा राजेन्द्र वुढा , १३ मा दयाजी रोका , १४ मा शक्तिराम डाँगी लाई अघि सारेको हो । त्यसैगरी वडा न. १५मा प्रविन शर्मा , १६ मा शंकर चौधरी , १७ मा खुसीराम चौधरी , १८ मा सत वहादुर रोका र वडा न. १९ मा मान वहादुर विक लाई अघि सारेको माओवादी केन्द्रले जनाएको छ ।

naksa s

‘दाङ लाई प्रदेश राजधानी र सुन्दर शहरका रुपमा विकास गछौ ’

माओवादी केन्द्रले अघि सारेको उम्मेद्वारहरुले दाङ लाई प्रदेश राजधानी र सुन्दर नगरीका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । शुक्रवार घोराहीमा उम्मेद्वारी घोषणा तथा सार्वजानिक पत्रकार सम्मेलनमा वोल्दै उम्मेद्वारहरुले दाङ प्रदेश न. ५ को राजधानी र सुन्दर नगरी शहरका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । पत्रकार सम्मेलनमा सम्वोधन गर्दै घोराहीमा उप–महानगरपालिका प्रमुखमा अघि सरेका जीवन गौतमले ‘सभ्य सुन्दर नगर दाङ ,प्रदेश न. ५ को राजधानीका दाङ ’का रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो ‘दाङ लाई भष्ट्राचार मुक्त वनाई नागरिक सेवा लाई प्रभावकारी र पारर्दशी वनाउन छौ । ’ माओवादी केन्द्रको उपहार , घरघरमा सिंहदरवार भन्ने मुलमन्त्र लाई आत्साथ गर्दै माओवादी केन्द्र विजयी उत्सव लाई पछ्याई उहाँले वताउनु भयो । घोराही उप–महानगरपालिका भित्रि र वाहिरी रिङ रोडको विकास गरी ग्रामिण कृर्षि क्षेत्रको विकास र समृद्धि ल्याउन समेत माओवादी केन्द्रको चाहान रहेको उहाँले वताउनु भयो ।
त्यस्तै घोराही उप–महानगरपालिकाकी उप–प्रमुख सीता चौधरीले घोराही उप–महानगरपालिको विकास र समृद्धि , जनताको अधिकार , दलित ,महिला , अपाङगता , वृद्धि एंव अन्यजाति तथा समुदायको अधिकार स्थापित र कार्यन्वयनमा सधै तत्पर रहने प्रतिवद्धता जनाउनु भएको छ ।   उहाँले भन्नुभयो लोकतन्त्र र गणतन्त्रका लागि मृत्युवरण हुनुभएका शहिदहरुको सपनाका कार्यभार लाई पुरा गरी शहित , वेपताका परिवार लाई विशेष अधिकारको व्यावस्था गर्ने छु । नेकपा माओवादी केन्द्रका घोराही उप–महानगरपाकिाल नगर अध्यक्ष विश्वराज आचार्यको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । भने कार्यक्रमको सहजीकरण नगर सचिव रमेश वंलीले गरेका थिए ।

यस्ता छन माओवादी केन्द्रका प्रतिवद्धता

givsan
– राप्ती उप–क्षेत्रिय अस्पतालमा लाई अवको दुई वर्ष भित्र स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘मेडिकल ’ कलेज स्थापना गर्ने ।
– उप–महानगरपालिकामा १ वहुप्राविधिक विश्वविद्यालयका स्थापना गर्ने ।
– शहिद मार्ग लाई ढोरपाटन शिकार आरक्षणका सम्म स्तारोन्नती गरिने छ ।
– वुद्धभुमि पर्यटकिय क्षेत्र लुम्विनी लाई दाङ हुदै मुगुको पर्या–पर्याटकिय स्थल रारा जोड्न राजमार्ग निर्माण गरिने छ ।
– धर्ना लाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने छ ।
– सिचाई तथा खानेपानीको दिर्घकालिन समाधानका लागि ड्याई भर्सन परियोजनाका रुपमा विकास         गरिने छ
– खङग्रा नाका –रिहार –नारायणपुर हुदै रोल्पा जोड्ने सडक , घोराही हात्ती खर्क – राम्चे हुदै          रोल्पाको लिवाङ जोड्ने सडक र घोराही –मुर्कुटी –प्युठान जोड्ने सडक निर्माणका लागि आवश्यक पहल गरिने छ ।
– उप–महानगरपालिका भित्र अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न रगंशाला निर्माण गरिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्