शनिबार राति दाङको एक होटलमा बास बसेका एक युवा आइतबार बिहान मृत फेला परेका छन्।घोराही १५ ट्राफिकचोकस्थित लंकबहादुर बुढा मगरले सञ्चालन गरेको शंकर होटलमा सुतेका दुई जना मध्ये दाङकै बंगलाचुली गाउँपालिका ८ रानीवासका २३ वर्षीय लालु घर्ती मृत फेला परेका हुन्।
भारतबाट रोजगारी गरेर फर्किएका ६ जना त्यस होटलमाशनिबार साँझ बास बसेका थिए। ती मध्ये दुई जना एउटै कोठामा सुतेका थिए। भने, बिहान उठ्दा घर्ती मगर मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार शवको पोष्टमार्टमपछि मात्रै सत्य कुरा बाहिर आउने बताए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।