आज रवी लामिछानेकाे मुद्धा टुङिग्ने संभावना कति ? यस्तो छ प्रक्रिया



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तीनजना विरुद्ध आज चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले अनुसन्धान पुरा गरेपछि संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीविरुद्ध सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

जिल्ला अदालतमा न्यायधिशबीच गोलाप्रथा पछि बयान सुरु हुने जिल्ला न्यायधिवक्ता यदु शर्माले बताए । उनले आजै सबै प्रक्रिया टुंङग्याउन संम्भव नरहेको र ‘प्रक्रिया लामो नै छ, बयान पछि थुनछेक बहस हुन्छ, आज मुद्धा टुङिग्ने संभावना कम छ उनले भने ।’ यदि आज मुद्धाको फैसला हुन नसके तीन जना नै पुनः प्रहरीको हिरासतमा रहने छन् । आत्महत्या दुरुत्साहन मुद्धामा दोषी ठहरिए पाँच वर्ष कैद र ५० हजार जरिवाना सजाय हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्