अमृत भट्टराई। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपाली को आन्द्रा मा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भए सँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भएको र आर्थिक समस्य परेको हुनाले घर परिवारले आर्थिक सहयोग सहयोगको अपिल गरेपछि विहादी दुई बर्राचौरका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका छन् ।
आइतबार सहयोग उठाउने क्रममा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा रहेको बेस्ट सोसाइटी इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले खाजा खानको लागि लिएको पैसा र शिक्षकशिक्षिकाले मिलेर अप्सरा बचाउ अभियान लाई संयुक्तरूपमा संकलन गरेको रकम विद्यालयका प्राध्यापक पुरुषोत्तम ज्ञवालीले रू। दुई हजार सात सय साठी २७६० रुपैया सहयोग अप्सरा नेपालीकी ममिलाई हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा पत्रकार अमृत भट्टराई ,बिहादी २ बर्राचौरका सहयोगी युवाहरू अमित कुवर , पदम पुरी , रहित पुरी, तिलक भट्टराई , विक्रम पंग्गेनीलगाएको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।