५ वर्ष बितिसक्दा पनि उखु किसानले पाएनन् साढे २ करोड, फेरि अनसन बस्ने चेतावनी



कपिलवस्तु । ५ वर्ष बितिसक्दा पनि कपिलवस्तुका किसानले उखुको भुक्तानी पाएका छैनन् । किसानले पाउनु पर्ने २ करोड ४८ लाख २३ हजार रुपैयाँ भुक्तानी पाउने अनिश्चित जस्तै छ ।

आर्थिक वर्ष २०७१\७२ मा अधिराज्य भरी नै सुगर्स मीलमार्फत कारोबार गर्ने किसानहरुलाई प्रतिक्विन्टल २५ रुपैयाँ उखु प्रवर्द्धन खर्च बापत दिने रकम भुक्तानी गरिसकेको छ ।

तर श्रीमहालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तुमार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी यो सरकार बेइमानी गरिरहेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

सुरुमा मीलले विवरण पठाएन पछि आर्थिक मामिला मन्त्रालयले मागेको सम्पुर्ण विवरण समयमै उपलब्ध गराइएको र कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकारद्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ ।

सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको वर्ष दिनसमेत बितिसक्दा अर्थ मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोले बाध्य भएर नै पटकपटक आन्दोलन गर्नु परिरहेको संघका अध्यक्ष चौधरी बताए ।

आइतबार पुनः इलाका प्रशासन कार्यलय चन्द्रौटामार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ । यही भदाै १३ गतेसम्म सुनुवाइ नभए पुनः १८ गते अनशनमा बस्ने पत्रमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्