काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
दुई अध्यक्ष रहेको नेकपामा पहिलो पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका हुन । बैठक दिउँसो १ बजे बस्ने तय भए पनि पुनः विहान ११ बजेका लागि सारिएको छ ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनी सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा महानगरका अध्यक्ष र सचिवका साथै प्रवास कमिटीबारे छलफल हुनेछ ।
हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक भोलि भाद्र ९ गते अपरान्ह १बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।सँगठनात्मक एकीकरणका बाँकी कामहरु र बिबिध बैठकको कार्यसुची हुनेछ।
— NKShresthaPrakash (@nksthaprakash) August 25, 2019
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।