थारु भाषा संरक्षणमा जोडदिन मन्त्री चौधरीको आग्रह




समिक्षा गाहा
दाङ,७ असोज । थारु संस्कृति, भेष भुषालाई जर्गेर्णा गर्नु पर्ने घोराहीमा आयोजित कार्यक्रममा बोल्ने वत्ताहरुले वताएका छन् । थारु पत्रकार संघ दाङको तेश्रो जिल्ला सम्मेलनमा बोल्ने वत्ताहरुले यस्तो वताएका हुन । सम्मेलनको उद्घाटन गर्दै श्रम तथा रोजगार राज्य मन्त्रि डिल्ली बहादुर चौधरीले

थारु समुदायको कला संस्कृतिको ईतिहासलाई बचाउनको लागि लागि थारु पत्रकारलाई लाग्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका चौधरीले
पछिल्लो समय थारु भाषासंस्कृति लोप हुने अबस्थामा पुगेको उल्लेख त्यसलाई सबैले भुमिका खेल्नु पर्ने वताउनुभयो । देश निर्माणका लागि नेपालका थुप्रै आन्दोलनमा थारुको भुमिका निर्णाय भएको वताउँदै उक्त भुमिकालाई राज्य अहिले सम्म भम्भिर रुपमा लिन नसेको उल्लेख गर्नुभयो । कार्यक्रमका बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथी विपूल पोखरेलले थारु पत्रकारको उत्थानका लागि पत्रकार महासंघले भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । अधिवेशन उद्घाटन कार्यक्रममा, पत्रकार महासंघका केन्द्रिय सचिव उदय जि.एम, दाङका अध्यक्ष

सबिन प्रियासन, दगिशरण गाउँपालीकाका अध्यक्ष भागीराम चोैधरी, शिसा नेपालको अध्यक्ष साजिदा सिद्धिकी, गायक रोशन रदगैया,कमलहरी उत्थानकी उर्मिला चौधरी, बोल्नु भएको थियो । थारु पत्रकार ंसंघ दाङका अध्यक्ष शन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब नबिन चौधरीले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्