प्रदुषण मुक्त बनाउन सिमेन्ट उद्योगलाई मेयरको निर्देशन



सैघाली खबर 
घोराही, ७ असोज घोराही उपमहानगरपालिकाले घोराही सिमेन्ट उद्योगलाई धुलो, धुवा र ध्वनी नियन्त्रणका लागि आधुनिक उपकरण जडान गरि प्रदुषण मुक्त गर्ने कामको २ महिना भित्र कार्य योजना पेश गर्न निर्देशन दिएको छ ।घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवा र ध्वनिका कारण मानविय स्वास्थ्यमा गम्भिर असर परिरहेको गुनासो आएपछि नगर प्रमुख नरुलाल चौधरीले उद्योग प्रशासन र घोराही सिमेन्ट उद्योग प्रभावित बाताबरण सरोकार समितिका प्रतिनिधीहरुलाई शनिबार उपमहानगरमा बोलाई छलफल गराउनुभएको हो ।

छलफलमा उद्योग प्रभावित क्षेत्रका नागरिकहरुले तीन बर्ष पहिले उद्योगले गरेका सम्झौताहरु पुरा नगर्दा माविनय स्वास्थ्य र वाताबरणिय क्षेत्रमा गम्भिर असर परिरहेको बताएका छन् । छलफल पछि नगर प्रमुख नरुलाल चौधरीले उद्योग आसपासका जनताहरुको गुनासो नआउने गरि उद्योगलाई बाताबरण मैत्री बनाउन निर्देशन दिनुभयो ।

त्यसैगरी छलफलमा उद्योगबाट निस्कने धुलो, धुवा र ध्वनीले पारेको असरको मापन गर्न डाक्टर सहितको स्वास्थ्यकर्मीहरुले उद्योग आसपासका नागरिकहरुको स्वास्थ्य जाँच गर्ने र आउने रिपोर्ट अनुसार अघि बढ्ने सहमति भएको छ ।

साथै उद्योगले पु¥याएको मानविय र बातारणिय असरको उपमहानगरको अगुवाईमा अनुगमन गर्ने, धुलोको मात्रा मापनका लागि मावि गोग्लीमा यन्त्र राख्ने, उद्योगको हाताभित्र रहेको ऐलानी जग्गाको अध्ययन गर्ने र भानपुर चोक देखी सुनपुर चोक सम्म उद्योगले आगामी २०७५ साल बैशाख सम्म कालोपत्रे गर्ने सहमति समेत भएको छ ।

प्रभाबित समितिको तर्फबाट बोल्दै भरतराज देबकोटा, गोबिन्द आचार्य, बसन्त घिमिरे, दिलबहादुर घर्ती लगाएतले सिमेन्ट उद्योगले गरेका सम्झौतामा पटक पटक धोका दिएको भन्दै उपमहानगरलाई रिजल्ट देखिने गरी नियमन गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी उद्योगका तर्फबाट उद्योगका कार्यकारी निर्देशक सत्यबिर प्रसाद गुप्ताले सुधारका लागि प्रयासरत रहेको बताउनुभयो । नगरप्रमुख चौधरीले आधुनिक प्रबिधी जडान गरि उद्योग चलाउन र जनतालाई प्रदुषणबाट बचाउन आग्रह गर्नुभयो ।

छलफलमा उपमहानगरका उपमेयर सीता न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष भिमबहादुर सार्की, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे, बाताबरण शाखा प्रमुख सुबोध रेग्मी, ईन्जिनियर रामधन श्रेष्ठ, उद्योगका अमर सुबेदी, विकास शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्