तेह्रथुमआठराईको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बन्द



इन्द्र नेपाली तेह्रथुम
तेह्रथुमकोआठराई गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बन्द भएको छ ।केन्द्रका स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रभित्र कार्यालय समयमा हातपात गर्नेलाई कार्वाहीको माग गर्दै भदौ ९ गतेदेखि सम्पूर्ण सेवा बन्द भएको बताइएको छ ।

स्वास्थ्य केन्द्रले सोमबार जारी गरेको सुचनामा दोषीलाई कार्वाही नहुन्जेलसम्म यस प्राथमिक स्वास्थ्य केन्द्रका सम्पूर्ण सेवाहरू बाध्य भएर बन्द भएको उल्लेख छ ।

भदौ ८ गते आइतबार स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट रोशनकुमार नायक लाई कार्यालय भित्रै स्थानीय दिपेश थपलियाले हातपात गरि फरार भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ । फरार थपलियाको खोजी प्रहरीले गरिरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्