टेकबहादुर पुन,
देउखुरी । कमैया मुक्तिको दुई दशक बित्दा पनि रोजगार नपाएको भन्दै मुक्त कम्लहरी हरुले सोमबार लमही नगरपालिका सँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।
सोसाईटी वेलफेयर एक्सन नेपाल स्वान लमहीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड नेपालगन्ज बाँकेको आर्थिक सहयोगमा अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका अध्यक्ष कृष्णकुमार चौधरीको अध्यक्ष एवम् लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मुक्त कम्लहरी महिलाहरुले रोजगारीको विषयमा नगर प्रमुख केसीलाई ध्यानाकर्षण गराएका हुन् ।
रोजगारीको अभाबमा दैनिकि गुजार्न सास्ती भएको भन्दै लमही नगरपालिका ५ कोलही निवासी पुनम चौधरी रोजगार प्रदान गरिदिन आग्रह गरिन ।
रोजगार बिना पढाइ पनि पूरा भएन, घरको स्थिति दयनिय छ चौधरीले भनिन्-कम्लहरी मुक्त भएर मात्र के गर्नु,हामी कम्लहरीलाई रोजगार दिनुपय्रो । पुनम जस्तै कोलही निवासी कल्पना चौधरीको पीडा पनि उस्तै छ ।
आर्थिक स्थिति दयनिय भएकै कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको मा कल्पनाले गुणासो गरिन् । पढ्नको लागि आर्थिक अभाबले बिचमै पढाइ छाडिएको उदाहरण थुप्रै छन् । पढाईको लागि आर्थिक अभाब, आर्थिकको लागि रोजगार यिनी दुबै बाट चिन्तित छन मुक्त कमलहरी हरु ।
मुक्त कमलहरीको भबिष्य प्रति स्थानिय सरकार सधै चिन्तित रहेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए । ूलक्ष्य सहितको योजना बनाएर आउनुहोस्, हामी सहयोग गर्छौं नगर प्रमुख केसीले भने( स्थानिय सरकारले मुक्त कम्लहरीलाई रोजगार सृजना गर्नको लागि दिर्घकालिन योजना बनाएको छ ।
कार्यक्रमको सहजिकरण स्वान संस्थाका सामाजिक परिचालीका विमला चौधरीले गर्नु भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।