पहिलो उपमहानगरको नतिजा एमालेको पक्षमा



सैघाली खबर

काठमाडौं,८ असोज

प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

मुलुकको कान्छो उपमहानगरपालिका भनिने जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.कृष्ण पौडेल १४ हजार ८ सय ६५ मतसहित विजयी भएका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ मत ल्याउनुभयो । उपमेयरमा एमालेकी सरस्वती चौधरी १४ हजार ४५९ मत प्राप्त गरी बिजयी हुनभयो भने उहाँका प्रतिस्पर्धा कांग्रेसका निरु रायमाझीले १२ हजार ४६५ मत ल्याउनुभयो । बाराको अर्को उपमहानगरपालिका कलैया र कोल्बी नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा निर्वा्चित शैलेशकुमार साहले पाँच हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका वीरेन्द्रकुमार माझीले चार हजार ३६५ मत प्राप्त गर्नुभयो ।
सर्लाहीको मलंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मलंगवाको मेयरमा कांग्रेसका निरसल साह राजपा उम्मेदवारलाई पछि पार्दै विजयी भए । विजयी साहले ४ हजार २सय ५३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका नगेश्वर रायले ३हजार ८सय ८१ मत. ल्याउनु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्