तीनवटा विधेयक माथि ३५ संसोधन दर्ता



सैघाली खबर

काठमाडौं,८ असोज


संसदमा दर्ता भएका तीनवटा विधेयकमाथि ३५ संसोधन परेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७४ सम्बन्धी विधेयकमाथि ६५ जना सांसदले ३५ वटा बुदामा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

व्यवस्थापिका–संसद्को विधेयक शाखाका अनुसार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई मधेशलगायत केही साना दलका सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

असोज ३ गते बसेको व्यवस्थापिका–संसद् बैठकमा गृहमन्त्री जनार्दन शर्माले तीन विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन शुक्रबार बेलुकासम्मको समय निर्धारण गरिएको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा २३ सांसदको १३, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमा १८ सांसदको १० र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयकमाथि २४ सांसदको ७ संशोधन परको संसद् सचिवालयका सहायक प्रवत्ता डिल्ली रिजालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्