सचिवालयको निर्णयप्रति नेकपाका प्रवक्ताकै असन्तुष्टि, भन्छन्–पार्टी र सरकारको आलोचना गर्नुपर्छ



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले गरेको निर्णय पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बिरोध जनाएका छन् ।

केही दिन अगाडि अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टी नेताहरुले सार्वजनिक रुपमा पार्टी र सरकारबारे टिप्पणी गर्न नपाइने निर्णय गरेको थियो ।

तर, प्रवक्ता श्रेष्ठले आलोचनात्मक टिप्पणीले पार्टी र सरकारलाई सही दिशामा लैजान मद्धत गर्ने भन्दै टिप्पणी गर्न पाइने बताएका छन् ।

ट्वीट गर्दै उनले लेखेका छन्, ‘फेरि स्पष्ट पार्न चाहन्छु,पार्टी कमरेडहरुले पनि पार्टी र सरकारबारे आलोचनात्मक टिप्पणी गर्न पाइन्छ। पाइन्छ मात्र होइन, गर्नुपर्छ। त्यसले पार्टी र सरकारलाई सही दिशामा लैजान मद्धत गर्छ।’

उनले अघि लेखेका छन्, ‘जनताको निम्ति त यो अधिकार सुनिश्चित नै छ । खाली पार्टीकाले व्यक्तिगत टिप्पणी भित्रै गरौं भनिएको हो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्