काठमाडौं । नेपाल काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा भातृ संस्थाबारे छलफल हुने बताइएको छ ।
महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो ।
काँग्रेसका १३ भातृ संस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् ।
सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् ।
कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ ।
१४ औं महाधिवेशन र अन्तरिम संरचना गठनसहितका मुख्य एजेण्डामा छलफल सकेको कांग्रेसले बुधबारको बैठकबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।