टीकापुर माबजार अनुगमन गर्न जाँदा राज्य मन्त्रीको गाडीमा तोडफोड



सैघाली खबर

कैलाली,८ असोज


वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको टोलीलाई टीकापुरका व्यापारीले बजार अनुगमनमा अवरोध गरेका छन् । हिजो बिहान ११ बजेतिर आपूर्ति मन्त्रालयका अधिकृत, जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय, साल्ट टे«डिङ कार्यालयका प्रतिनिधिले टीकापुरस्थित विष्ट आयल स्टोर, बलायर टे«डर्स र अमृत गौतम किराना पसलमा अनुगमन गरेको थियो । विष्ट आयल स्टोरमा डिजल वितरण गर्ने मेशिनले मापनभन्दा बढी फालेको र पेट्रोलमा प्रतिलिटर ३० मिलिलिटर कम दिएको भेटिएको छ । विष्ट आयललाई पुरानो मेशिन फेर्न निर्देशन दिएको थियो भने पेट्रोल मेशिनलाई गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारीले मिलाउने प्रयास गरेका थिए । त्यस्तै बलायर र अमृत गौतम किराना पसलमा हेर्दा बनेको छ महिनाभित्र प्रयोग गर्न मिल्ने डाल्डा, तेल, सोयविन लगायतका सामानहरु तीन वर्ष पुराना भेटिएको र भारतीय उत्पादनका सूर्तिजन्य वस्तुहरु बिक्री गरिरहेका तर खरिद बिल नभएकाले राजश्व छलि र इजाजत विना बेचेको पाइएको आपूर्ति मन्त्रालयका अधिकृत गोविन्द लुइटेलले बताउनुभयो ।
वितरण योग्य सामान नभएका यस्ता पसलहरुलाई सिल गर्न खोज्दा मन्त्रीको गाडीलाई पनि व्यापारीहरुले तोडफोड गर्न थालेका थिए र गाडीको सीसा पनि फुटेको थियो । तोडफोडमा संलग्न केहीलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशु चपाईले आफूहरु अनुगमनको पक्षमा भएपनि परिस्थिति अन्यत्र गएकोमा दुःख व्यक्त गर्नुभयो ।
टिकापुरमा रहेका विद्यार्थी संघसंगठनहरुले भने अनुगमन गर्दा विरोध हुन नहुनेभन्दै व्यापारीको विरोध गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्