मुख्य समाचार

टीकापुर माबजार अनुगमन गर्न जाँदा राज्य मन्त्रीको गाडीमा तोडफोड

By थाहा अनलाइन

September 24, 2017

सैघाली खबर

कैलाली,८ असोज

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको टोलीलाई टीकापुरका व्यापारीले बजार अनुगमनमा अवरोध गरेका छन् । हिजो बिहान ११ बजेतिर आपूर्ति मन्त्रालयका अधिकृत, जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय, साल्ट टे«डिङ कार्यालयका प्रतिनिधिले टीकापुरस्थित विष्ट आयल स्टोर, बलायर टे«डर्स र अमृत गौतम किराना पसलमा अनुगमन गरेको थियो । विष्ट आयल स्टोरमा डिजल वितरण गर्ने मेशिनले मापनभन्दा बढी फालेको र पेट्रोलमा प्रतिलिटर ३० मिलिलिटर कम दिएको भेटिएको छ । विष्ट आयललाई पुरानो मेशिन फेर्न निर्देशन दिएको थियो भने पेट्रोल मेशिनलाई गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारीले मिलाउने प्रयास गरेका थिए । त्यस्तै बलायर र अमृत गौतम किराना पसलमा हेर्दा बनेको छ महिनाभित्र प्रयोग गर्न मिल्ने डाल्डा, तेल, सोयविन लगायतका सामानहरु तीन वर्ष पुराना भेटिएको र भारतीय उत्पादनका सूर्तिजन्य वस्तुहरु बिक्री गरिरहेका तर खरिद बिल नभएकाले राजश्व छलि र इजाजत विना बेचेको पाइएको आपूर्ति मन्त्रालयका अधिकृत गोविन्द लुइटेलले बताउनुभयो । वितरण योग्य सामान नभएका यस्ता पसलहरुलाई सिल गर्न खोज्दा मन्त्रीको गाडीलाई पनि व्यापारीहरुले तोडफोड गर्न थालेका थिए र गाडीको सीसा पनि फुटेको थियो । तोडफोडमा संलग्न केहीलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशु चपाईले आफूहरु अनुगमनको पक्षमा भएपनि परिस्थिति अन्यत्र गएकोमा दुःख व्यक्त गर्नुभयो । टिकापुरमा रहेका विद्यार्थी संघसंगठनहरुले भने अनुगमन गर्दा विरोध हुन नहुनेभन्दै व्यापारीको विरोध गरेका थिए ।