प्रतिष्ठानका पाँच सरकारी डाक्टर काममा फर्किए



 

काठमाडौ। आफुले दिएको राजीनामा फिर्ता लिएर राप्ती स्वास्थ्य प्रतिस्थानका पाच जना सरकारी चिकित्सक काममा फर्किएका छन।
प्रतिष्ठानको नियममा रहेर काम गर्ने प्रतिवद्धता सहित पाचँ चिकित्सक काममा फर्किएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिएका छन।

छाला रोग डाक्टर जेम महर्जन, सर्जन डाक्टर ईश्वरी भुसाल, एनाथेसिया डा राजन शाक्य, ईमरजेन्सी वार्डमा कार्यरत डाक्टर अमृत लाम्गादे, सामुदायिक सेवामा कार्यरत डाक्टर बर्षा मानन्धर काममा फर्किएका हुन।

प्रतिष्ठानमा सरकारी चिकित्सक र प्रतिष्ठानका चिकित्सक गरी दुईथरि चिकित्सकहरु कार्यरत रहेका छन् । जसले गर्दा प्रतिष्ठानमा जिम्मेवारी समस्या उत्पन्न भएको प्रतिष्ठानले वताउँदै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्