सर्लाहीको ईश्वरपुर र हरिपुर नगरपालिकामा एमालेको जित



सैघाली खबर

सर्लाही ,८ असोज

सर्लाहीका दुई ठूला नगरपालिका हरिपुर र ईश्वरपुरमा एमाले विजयी भएको छ । आइतबार बिहान सार्वजनिक भएको नतिजा अनुसार इश्वरपुर नगरपालिकाको मेयरमा मनोज देवकोटा र हरिपुरको मेयरमा जमरुद्धिन मन्सूर विजयी भएका हुन् ।

ईश्वपुरको मेयरमा निर्वाचित एमालेका मनोज देवकोटाले ६५६० मत प्राप्त गरेका छन् । उनका निटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जयप्रकाश चौधरीले ४८३५ मत पाए । उपमेयरमा पनि एमालेकै एकावती चौधरी ६ हजार ६७८ मतका साथ विजयी भएकी छन् । उनको निटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी आदिमाया स्याङतानले ४७०५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै हरिपुर नगरपालिकाको मेयरमा एमालेका जमरुद्धिन मन्सुर ३८५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उदयनारायण चौधरीले ३५७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमाले उम्मेदवारकै जित भएको छ । एमाले उम्मेदवार रेणुका काफ्लेले ३८५८ मत ल्याएर जित निकालेकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी पानोदेवी साह ३३२५ मतमै सीमित भइन् ।

ईश्वरपुर र हरिपुर नगरपालिका जितेसँगै सर्लाहीमा एमालेले चार नगरपालिकामा जित निकालेको छ । यसअघि हरिवन र लालबन्दी नगरपालिकामा एमालेले जितिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्