बाबु कान्छा को गित सार्वजनीक



सैघाली खबर,।चलचित्र बाबु कान्छाले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी एउटा गित सार्वजनीक गरेको छ । करिब दशक अगाडी प्रर्दशन भएको चलचित्र कर्णवीरमा समावेस गरीएको आँखी झ्यालैमा बोल रहेको गितलाई रिमेक गरेर निर्माता निर्देशक सोभित बस्नेतले चलचित्र बाबु कान्छामा पनि राखेका छन् ।  आँखी झ्यालैमा बोल रहेको गित नै सार्वजनीक गरीएको छ । मेलीना राई र ओम सुनुवारको संगीत रहेको यस गितलाई टंक बुढाथोकीले संगीत दिएका छन् भने रिमिक्स गर्ने काम पनि ओम सुनुवारले नै गरेका छन् । सलोन बस्नेत र करिस्मा श्रेष्ठले नृत्य गरेको यस गितको भिडियोको कोरीयोग्राफी दिपेन्द्र तिमल्सीनाले गरेका छन् ।
यस चलचित्रमा सलोन बस्नेत,करिस्मा श्रेष्ठ,निर शाह,रोहीत श्रेष्ठ, सरोज खनाल,राजाराम पौडेल,सम्राट सापकोटा,गिता अधिकारी,सुसान्त श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् भने अष्ठ मर्हजनको द्धन्द,लक्ष्मण शेष र टंक बुढाथोकीको संगीत रहेको छ । चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन् । मंसीर १५ गतेबाट प्रर्दशन हुने बाबु कान्छालाई सोभित बस्नेत आफैले निर्देशन गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्