हर्न बजाउने १४७ र लेन मिच्ने २११ जना कारबाहीमा



काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम पालना नगर्ने एक हजार ६९० जना सवारी चालक कारबाहीमा परेका छन् ।

बुधबार मात्रै लेन मिचेर सवारी साधन चलाउने २११ जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएको छ । यस्तै, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १४७ जना कारबाहीमा परेका छन् ।

चेकजाँचका क्रममा ११७ जना मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई ट्राफिकले कारबाही गरेको छ । जेब्राक्रसिङमाथि सवारी साधन रोक्ने १५ जना र फुटपाथमा पार्किङ गर्ने १४२ जनालाई कारबाहीमा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्