रबिन्द्र यादव ।
नवलपरासी पश्चिम जिल्लाको रेगंहिया नाका बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको ६ वटा भारतीय जंगली बँदेल सशस्त्र प्रहरी आउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौली स्थित दशगजा बाट बिहिवार बिहान करिब साढे ६ बजे भारतीय नाका रेगंहिया बाट अवैध रुपमा दुईवटा ठेला गाडीमा लोड गरेर ल्याउदै गरेको बदेल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बिओपी गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुनम अधिकारी नेतृत्वमा रहेको गस्ती टोलीले उक्त जंगली बदेलहरु पक्राउ गरेको हो ।
पक्राउ परेका ६ वटा बँदेल मध्ये ३ वटा मरिसकेका छन भने ३ वटा जंगली बँदेल लाई जिविदै ईलाका बन कार्यालय बर्दघाट लाई बुझाइएको छ । जीवितै रहेका बँदेल लाई बर्दघाट नगरपालिका वडा नं १ मा रहेको चिसापानी सामुदायिक बनमा छाडिने छ भने मृतक बदेल लाई सशस्त्र प्रहरी सुरक्षा शाखा बडेरा मा गाडिने छ ।
बदेल तस्करहरु प्रहरी देखि पछि भारत तर्फ नै भागेको सशस्त्र प्रहरी गुठी परसौनीले जनाए छ । छ वटा मध्ये ४ वटा भाले रहेका छन भने दुई वटा पोथी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।