पूर्वसभासदसहित विप्लव पार्टीका केन्द्रीय नेताहरु माअाेवादीमा प्रवेश



सैघाली खबर,नेपालगञ्ज ८ असोज । पूर्व सभासद एवं नेकपाका केन्द्रीय नेता अशोक रोकाय, नयाँ शक्तिका केन्द्रीय नेता एवं पूर्व डिभिजन सहायक कमाण्डर दुर्गाबहादुर थारुको नेतृत्वमा केन्द्रीय नेतासहित १८७ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा राजपाका नेता एवं गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार त्रिवेणी कुर्मी, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मुवारक शेष लगायतको टिम माओवादी केन्द्रमा प्रवेश गरेको हुन् । कार्यक्रममा नयाँ शक्ति, राजपा, नेपाली कांग्रेस, नेकपा एमाले, संघीय फोरम, नेकपा ९विप्लव समूह० लगायतबाट नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्व सभासद एवं नेकपाका नेता रोकायले क्रान्तिको अभिभारालाई सम्झेर आफू माओवादी केन्द्रमा आएको बताए । कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेता वर्षामान पुन लगायतका नेताहरुले नवप्रवेशीलाई पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भने, “क्रान्तिको बाटो सरल हुँदैन, यो राजमार्गमा हिडेजस्तो हुँदैन। परिस्थितिको लेखाजोखा गरेर नै क्रान्तिलाई घुमाउरो बाटोमा लगिएको हो ।

सिधै हिड्छौं भनेको भए बर्मा, मलाया, फिलिपिन्स, पेरुझैं ध्वस्त हुन्थ्यो । त्यो देखेर नै मैले नयाँ क्रान्तिको तयारीका लागि क्रान्तिको बाटो मोडेको हुँ। क्रान्ति जारी छ, हामी समाजवादी क्रान्तिको तयारीमा छ । यसका लागि माओवादीका विभिन्न धारा लगायतका परिवर्तन चाहने शक्तिहरु एक हुनैपर्छ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्