मुख्य समाचार

राजविराजको मतगणना पुनःशुरु

By थाहा अनलाइन

September 24, 2017

सैघाली खबर, राजविराज ८ असोज । २ दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः शुरु भएको छ । निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।