टेकबहादुर पुन,
देउखुरी । दाङ्गको राजपुर गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा स्थानियले ताला लगाएका छन् । योजनाको काम गरे बाफत पारिश्रमिक नपाएको भन्दै स्थानियले ताला लगाएका हुन् ।
अनिश्चित तालाबन्दि गरेको भएपनि बेला प्रहरी चौकिका प्रमुख बल बहादुर सुनारको टोलीले लगाएको ताला तोडेको छ । योजना सम्पन्न भएर गाउँपालिका बाट बजेट निकासा भएपनि आफुहरुले काम गरेबाफत १ रुपैया नपाएको पिडित बासुदेब यादबले बताए । उनले निकासा भईसकेको रकम उपभोक्ता समिति र वडाध्यक्ष रामछोरे यादबको मिलोमतोमा गायब भएको आरोप समेत लगाए ।
वडाध्यक्ष र उपभोक्ता समिति मिलेर पैशा सखाप बनाए, हाम्रो पारिश्रमिक पनि पाईएन पिडित यादबले भने(हाम्रो कुरा गाउँपालिकाले पनि सुनेन, हाम्रो पैशा हामिले पाउनु पय्रो ।
७५ जना पिडित द्वारा हस्ताक्षरित २ दिने अल्टिमेटम निबेदन दिँदा पनि गाउँपालिकाले ब्यवास्ता गरेको अर्का पिडित पुष्पा यादबले गुणासो गरिन् ।
ताला लगाउनु पुर्ब जानकारी सहितको २ दिने अल्टिमेटम दिएपनि कतैबाट सुनुवाई नभएपछि हामिले ताला लगाएका हौँ यादबले भनिन् ।
ताला लगाएको ३ घण्टामा प्रहरीले खोलेको भएपनि टाढा बाट आएका सेवाग्राही भने मर्कामा परेका छन् ।
उता राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले यस बिषयमा मुख खोल्न चाहेनन् । केसीले सोही बिबादलाई गाउँपालिका उपाध्यक्ष धनपति देबि यादब र प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले साम्य पारेपनि कुनै कुरामा चित्त नबुझ्दा ताला लगाएको हुनसक्ने अनुमान गरे । यस बिषयमा बुझेर मात्र जानकारी गराउने उनले स्पष्ट पारे ।
४ बर्ष पुरानो ईनार देखाएर रकम निकाशा
राजपुर गाउँपालिकाले ४ बर्ष पुरानो ईनार देखाएर बजेट निकाशा गरेको तथ्य फेला परेको छ । जुन ईनार निर्माण हुँदा स्थानिय तहको चुनाव नै भएको थिएन तर गाउँपालिकामा पुरानो कुवालाई पनि नया भनेर वडा कार्यालयको सिफारिस आएपछि स्थानिय सरकारले पुरानो ईनारको समेत रकम निकाशा गरिदिएको छ ।
गत आर्थिक बर्षमा गाउँपालिकाले आफ्नो वडा नम्वर ३ मा मात्र २६ वटा पिउने पानिको ईनार निर्माणको योजना बनायो । उपभोक्ता समितिहरु गठन गरियो अनि काम सुरु भयो । जुन योजना ८ लाख रुपैयाको हो ।
योजनामा २६ वटा ईनार भएपनि पुरानो ईनार सहित जोडेर जम्मा २४ वटा ईनार निर्माण भएका छन् । तर, २६ वटा ईनार बराबरको रकम निकाशा भईसकेको छ ।
प्रति ईनारलाई २८ हजार ३ सय रुपैयामा निर्माण गरिसक्नु पर्ने भएपनि भ्याट रकम काटेर २४ हजार रुपैयामा निर्माण भएका छन् ।
त्यही रकम पनि कसैले १० त कसैले १५ हजार पाए ।
रकम निकाशा भईसकेपछि प्रति कुवा २४ हजारका दरले भुक्तानी गर्नुपर्ने भएपनि वडाध्यक्ष यादब र उपभोक्ता समितिले रकम हिनामिना गरेको पिडित राम प्रसाद यादबले आरोप लगाए ।
अनुगमन टोलिलाई आफ्नै पक्षमा पारे, पुरानो ईनारलाई पनि नया भनियो(राम प्रसादले भने(यस्तो गलत हर्कत जनप्रतिनिधि लाई सुहाएन, हामिले पाउने पारिश्रमिक पाउनु पय्रो ।
त्यस्तै गत आर्थिक बर्षमै वडा कार्यालयले ७ वटा ईनार र ५ वटा हिमपाईप निर्माणको लागि ३ लाख, ३० हजार रुपैयाको योजना बनायो । काम सम्पन्न भए ।
रकम पनि निकाशा भयो तर, काम गरेबाफतको रकम भने स्थानियले पाएनन् । यस बिषयमा राजपुर गाँउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामछोरे यादब सँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
कार्यालयमै वडाध्यक्ष नभएपछि समस्यामा झन समस्या थपिएको हो । बिबादलाई छलफलबाट टुङ्ग्याउनुको साटो वडाध्यक्ष आफै हुनुहुन्न, यसरी बिबादले ठूलो रुप लिन्छ स्थानियले भने(हाम्रो निबेदन जहिले बेवास्तामा पर्छ ।यो भन्दा पहिले पनि वडा स्तरिय युवा सञ्जाल गठन प्रक्रियामा वडाध्यक्ष यादब बिबादमा आएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।