दिउँसो ४ बजेसम्मको अन्तिम मत परिणाम, अब १० स्थानमा आउन बाँकी



सैघाली खबर।
काठमाणडौ ८ असोज।
१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार मध्यान्ह १२ सम्म १ सय २५ स्थानीय तहको मात्र परिणाम आएको छ। असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।

दोस्रो स्थानको संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २०, एमालेले १७, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ।

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस २, संघीय फोरम ४, माओवादी २, एमाले २ तहमा अगाडि छन्।

को कहाँ अगाडि

कांग्रेसले अग्रता लिएका स्थानीय निकाय

बारा स्(बारागढी गाउँपालिका देवदत्त बछारु थारु
रौतहटस्(गरुडा नगरपालिका सुनिलकुमार यादव
माओवादीले अग्रता लिएका स्थानीय निकाय

धनुषास्(सबैला नगरपालिका अक्षयलाला यादव
बारा स्(आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल
एमालेले अग्रता लिएका स्थानीय तह

बारा स्(कलैया उपमहानगरपालिका विनोद शाह
बारा स्(कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान

सप्तरीः( राजबिराज नगरपालिका भिमराज यादव
सर्लाही स्(कविलासी नगरपालिका ब्रमहदेव राय
रौतहटस्(कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
पर्सास्(वीरगजन्ज महानगरपालिका विजय कुमार सरावगी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्