टेकबहादुर पुन,
लमही । लमही जेसिसको आयोजनामा २ दिने तिज विशेष कार्यक्रम लमहीमा शुरु भएको छ ।
लमही जेसिसका अध्यक्ष शिव शँकर गुप्ताको अध्यक्षता एबम् लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलबासेले महिला दिदि बहिनीहरुको माहन पर्व हरितालिका तिजको अबसरमा शुभकामना ब्यक्त गर्दै पर्वलाई सभ्य भएर मनाउन आग्रह गरिन । बेलबासेले दिदी बहिनिको पिर बेदना भुल्ने पर्ब रहेको बताउँदै तिजलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरिन् ।
उद्घाटन समारोहमा लमही जेशिशका अध्यक्ष शिबशंकर गुप्ताले नेपाली महिला हरुको महान पर्ब हरितालिका तिजको अबसरमा सबै महिला दिदी बहिनी हरुलाई एकै ठाउँमा जमघट गराउने अबसर पाएकोमा खुसी ब्यक्त गरे ।
कार्यक्रममा गायक कमल खत्रीले प्रस्तुति दिँदै दर्शकलाई नचाएका थिए । सो अबसरमा चौधरी सँस्कृतीको झुम्रा नाच सँगै स्थानिय स्तरका कलाकार हरुले सबैलाई नचाएका थिए । कार्यक्रमको दोस्रो दिन शनिबार गायक दुर्गेश थापाको प्रस्तुती रहेको कार्यक्रमका सँयोजक बिजय पुनले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन भोजराज थापाले गरेका हुन् ।
शुक्रबार नै लमही स्थित विभिन्न बिद्यालयले पनि तिज मिलन कार्यक्रम सम्पन्न गरेका छन ।लमही स्थित ज्योतिष्मती बिद्यापिठ, गोर्खा बोर्डिङ्ग स्कुल र रोजि बड्स बालबाटिकाले तिज मिलन कार्यक्रमको आयोजना गरेका हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।