राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पक्का



गिरिराज नेपाली
दाङ ७ , असोज
राप्ती उप–क्षेत्रिय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने निश्चित भएको छ । नेपाल सरकारको गत असोज २ गते सम्पन्न मन्त्री परिषदको वैठकले राप्ती उप–क्षेत्रिय अस्पताल लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका बनेको बिद्येयक पास गरी संसद वैठक पु¥याए संगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण पक्का भएको हो ।

नेपाल सरकारले प्रदेश नम्वर ५ को स्वास्थ्य विज्ञान प्रतिष्ठानका राप्ती उप– क्षेत्रिय अस्पताल लाई नै बनाउने निश्चित गरेको छ । २०७२ साल देखी सुरु भएको राप्ती स्वास्थ्य विज्ञान निर्माणको प्रक्रिया यही असोज २ गते मन्त्री स्तरिय वैठकले आवश्यक कानुन र निति निर्माण बारे पास गरे संगै दाङमै प्रदेश नम्वर ५ स्तरिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने निश्चित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्माणका मध्यस्तकर्ता एंव नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज जीवन गौतमले सरकारले ९० प्रतिशत काम पुरा भईसकेकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने निश्चित नै रहेको वताए । नेपाल सरकारका विभागिय मन्त्रालयहरुले स्वीकृत तथा अन्य आवश्यक सवै पुरा गरिसकेर मन्त्री स्तरिय वैठकले पास गरीरहेकाले संसद स्तरिय वैठक वाट मात्रै पास हुन वाँकी रहेको जानकारी दिए । लगातार दुई वर्षको प्रयास पछि एउटा आकार लिएको राप्ती स्वास्थ्इ विज्ञान प्रतिष्ठान भोली सोमवार मात्रै संसद वैठकले पास गर्न लागेको गौतमले जानकारी दिए । केही समय अन्यौलमा परेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दङगाली नेता र जनताको एकता प्रयासले सम्भव हुदै गरेकाले दाङ वासीका लागि अर्काे गौरवता थपिदै गरेको उनले वताए । गौतमले भने गत २ गते सोमवारको लागि सम्पन्न मन्त्री परिषदको वैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनका लागि बनेका विद्येयकहरु पास गरि एउटा आशा देखाईदिई सकेको छ । भोली सोमवार ९ गते संसद वैठकले उक्त विद्येयकमा हेरफेर गरी पास गर्ने तयारी गरीरहेको छ ।‘ त्यो पनि पास हुन्छ, भन्ने आशामा छौ । ’

सरकारले दाङ लाई प्रादेशिक राजधानीको अस्थाई मुकाम तोक्ने तयारी संगै पछिल्लो समय प्रदेश कार्यालयहरुको स्थापना संगै घोराहीको राप्ती उप–क्षेत्रिय अस्पताल लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा केही सहजीकरण संगै आवश्यक निति निर्माण सहितको विद्येयक पासमा सकारात्मक रहेकाले दशै अघि नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुर्ण पाउने गौतमले वताए ।

मन्त्री परिषद बाट पारित भईसकेको विद्येयक संसद वैठकको पर्खाईमा रहेको छ । सभामुखको विदेश भ्रमणका कारण संसद वैठक चल्न नसक्दा उक्त सम्पन्न विद्येयकले मन्त्री परिषदको निर्णयमा उत्तिर्ण भए पनि ससद वैठकको औपचारिकता वाँकी नै रहेको गौतमले वताए । सभामुख विदेश भ्रमण वाट आज ८ गते आईतवार स्वदेश फिर्ता संगै भोली सोमवार ९ गते संसद वैठकले पास गर्ने काम भईरहेको उनले वताए ।

नेपाल सरकारले राप्ती उप–क्षेत्रिय अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नती गर्नका लागि हाल सम्म करिव ५ करोड रुपैया पनि विनियोजन गरी सम्भाव्यता अध्ययन , आवश्यक निति निर्माण तथा आन्तरिक व्यावस्थापनका लागि सहयोग पु¥याएको छ । उनले भने – पश्चिम नेपालकै आशाको धरोहोर बन्दै गएको दाङ स्वास्थ्य क्षेत्रमा अब्बल बन्दा दाङका लागि थप एक ईट्टा थपिएको छ । ’ दाङमै , दाङकै प्रतिष्ठान बन्दा राप्ती वासी संगै पश्चिम वर्दिया र पुर्वी नवलपरासी सम्मकाले स्तरिय स्वास्थ्य सेवा संगै स्वास्थ्य अध्ययन लागि समेत सहजता थपिदै जान थालेको छ । उनले भने – केही पुर्वी भेगिएहरु विद्येयक दर्ता देखी रोक सम्मका काम सक्रिय हुदै राप्ती स्वास्थ्य विद्येयक फेल वनाउने प्रयास गरेको त्यो प्रयास नै विफल भएको उनले वताए । लुम्विनी क्षेत्रका केही दल र नेताहरु प्रदेश नम्वर ५ को स्वास्थ्य विज्ञान प्रतिष्ठान रुपन्देहीको वुटवलमा निर्माण गरिनु पर्छ भन्ने अडान सहित विभागिय मन्त्रालय तथा संसद वैठकमा पनि कुरा उठाईरहेकाले त्यो कुरामा पछाडी सरकार नरहेको मन्त्री परिषदको वैठकले पुष्ट्री गरेको उनले वताए ।

त्यस्तै राप्ती उप–क्षेत्रिय अस्पतालका मेडिकल सुपरी टेण्डेन डा. जर्नादन पन्थीले सरकारले राप्ती उप–क्षेत्रिय अस्पताल लाई भोली सोमवार देखी नै अपौचारिक रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिषठनका रुपमा घोषणा गर्न लागेको छ । जुन राप्तीवासी र दाङ वासीहरुको खुसी र गौरवको कुरो हो । लामो सकस पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्ण पाउदै छ । पन्थीले भने कागजी अख्तियारी मात्रै होईन । यसको स्थापनाका लागि दाङवासीहरु एकजुट भई लाग्नु पर्ने वताए । स्वास्स्थ्य सेवामा केही सकस खेप्दै आईरहेका दाङ ,राप्ती र प्रदेश नम्वर ५ वासीहरु त्यो पछुतो वाट पार पाउने समेत उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्