शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको श’व आज ९शनिबार० बिहान फेला परेको छ ।
सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पुर्याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए ।
शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पुर्याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले श’व फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।