ओमप्रकाश गुप्ता
। देउखुरी मोबाइल व्यवसायी संघको प्रथम भेला तथा कार्यालय उद्घाटन कार्यक्रम शनिवार लमहीमा सम्पन्न भएको छ ।
नेपाल अभिभावक महासंघ प्रदेश नम्बर ५ का सचिवालय सदस्य तथा संघका प्रमुख सल्लाहकार भुमाण्डप केसीले रिबन काटेर कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथी केसीले सम्पुर्ण मोबाईल व्यवसायीहरूलाई संगठित गरि उनीहरूको हकहित र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् ।
साथै उनले समाज परिवर्तनमा समेत संघले योगदान पु¥याउनुपर्ने आवश्यक्ता रहेको बताए ।
संघका अध्यक्ष भिमप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा संघका कानुनी सल्लाहकार जागेश्वर बसेल, पत्रकार पवन पोख्रेल,कार्यसमिति सदस्य राजु कुमाल लगायतले बोलेका थिए ।
देउखुरी क्षेत्रमा मोबाइल तथा इलोक्टोनीक्स व्यवसाय गर्दै आएका एक सय भन्दा बढि व्यवसायीहरूको सहभागिता रहेको थियो कार्यक्रममा मोबाइल व्यवसायीहरूलाई संघले आवद्धता प्रमाणपत्र प्रदान गरेको थियो ।संघका बरिष्ठ उपाध्यक्ष बिजयसिंह ठकुरीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संघका महासचिव राजु गिरीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।