संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक – पूर्वप्रधानमन्त्री खनाल



पूर्वप्रधानमन्त्री झलनाथ खनालले संस्कृति संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

आज धादिङबेँसीमा पञ्चेबाजा प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नागरिकले गर्ने यस किसिमका अभियानले लामो समयदेखि चल्दै आएका संस्कृति र परम्पराको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।

सांसद खेमप्रसाद लोहनीले जातीय छुवाछूत अत्य गर्न यस किसिमका अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सांसद भूमि त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सांस्कृतिक क्रान्तिसँगै आर्थिक समृद्धि गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्