टेकबहादुर पुन, देउखुरी । दाङको राजपुर गाउँपालिकाको बेला स्वास्थ्य चौकिमा भाईरल ज्वरो (सिर्जनल फ्लु) विरामीहरुको चाप बढेको छ । वर्षायामको दुषित पानी र मौसमका कारण राजपुर गाउँपालिका वडा नम्बर ३ स्थित खरदरिया, बेला, गैरा, भैसहवा, चप्फा, रसरिखोला, माररिखोला लगायत गाउँका स्थानिय हरुमा भाईरल ज्वरो (सिर्जनल फ्लु) देखिएको हो ।
बेला स्वास्थ्य चौकिका अ.हे.व तुलराम चौधरीका अनुसार वर्षायाम सुरु भएसँगै भाईरल ज्वरोको सँक्रमण देखा पर्छ । “यो रोग सरुवा रोग हो, त्यसैले पनि अहिले स्वास्थ्य चौकिमा भाईरल ज्वरोका बिरामी बढेका छन् अहेब चौधरीले भने-दुषित पानी र स्वासप्रश्वस बाटपनि यो रोग एक अर्कामा सर्ने गर्छ ।” दैनिक १२ देखि १५ जना भाईरल ज्वरोका बिरामी अाउने गरेको स्वास्थ्य चौकिको तथ्याङ्कमा उल्लेख छ ।
अादा महिनामै ५ वर्ष भन्दा माथिका करिब ३ सय १७ जना भाईरल ज्वरो र रूघाखोकिका विरामीको उपचार गरिएको अहेब चौधरीले जानकारी दिए । बिकट बस्ति भएपनि बेला स्वास्थ्य चौकिले ल्याब सहितको सुबिधा सञ्चालन गरेर सेवा दिईरहेको छ । गम्भीर विरामीलाई लमही रिफर गर्नुपर्ने बाध्यता रहेपनि रोकथाम र सामान्य उपचार स्वास्थ्य चौकिमै हुने गर्छ ।
बर्सेनी साउन भदौमा भाईरल ज्वरो (सिर्जनलफ्लु) को बिरामी बढ्ने गरेको र उपचार पश्चात् २/३ दिनमै निको हुने अहेब चौधरीको भनाई छ । उक्त रोग लागेपछि टाउको दुख्ने, नाकबाट पानी झर्ने, ज्वरो अाउने लगायतको लक्षण देखापर्ने बेला स्वास्थ्य चौकिले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।