अमेरिकाको टेक्सस राज्यमा एक बन्दुधकारीले दुई शहरमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने १६ घाइते भएका छन्। आडेसा सहरका प्रहरीका अनुसार बन्दुकधारीले पहिला ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए, ट्राफिकले ती बन्दुधकारीको कार रोके थिए।
बीबीसीका अनुसार त्यसपछि बन्दुधारीले ट्रकबाट पोस्तोल निकालेर नजिकैको अर्को शहर मिडल्याण्डतर्फ गए, जहाँ उनले फेरि गोली चलाए। प्रहरीले बन्दुधकारीलाई एउटा सिनेमा कम्प्लेक्समा गोली प्रहारी गरी हत्या गरेको छ। प्रहरीका अनुसार आक्रमणकारी करिव ३५ वर्षका गोरा व्यक्ति थिए।
शनिबार दिउँसो भएको यो घटनाको उद्देश्य के थियो भन्ने अहिलेसम्म खुलेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस गोलीकाण्डको आफूले जानकारी लिएको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।