देश छोड्ने रोहिंज्याको संख्यामा ‘उल्लेख्य कमी’



सैघाली खबर
बंगलादेश , ८ असोज

बांग्लादेशमा रहेका संयुक्त राष्ट्रसंघका निकायहरुले म्यानमारमा जारी हिंसाका कारण देश छोडेर भागिरहेका रोहिंज्याको संख्या उल्लेखनीय रुपमा घटेको बताएका छन्।

गत महिना छिमेकी देश म्यानमारबाट झण्डै ४ लाख ३० हजार रोहिंज्या शरणार्थी बांग्लादेश छिरेका थिए।
म्यानमारको रखाइन राज्यमा प्रहरीमाथि आक्रमण गरिएपछि त्यहाँ ठूलो सैनिक कारबाही शुरु गरिएको थियो।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनका एकजना प्रवक्ताले ुरोहिंज्याको विस्थापन रोकियो भन्न सकिने अवस्था नआएको तर विगत दुई दिनमा सिमाना नजिकैका टोलीले शरणार्थीको संख्या घटेको पाएकोु बीबीसीलाई बताएका छन्।

बांग्लादेशका तटरक्षकले पनि विगत केही दिनमा म्यानमार र बांग्लादेशको सिमानामा रहेको नदीमा कुनै डुंगा तरेको नदेखेको बताएका छन्।

म्यानमारमा सक्रिय रहेको सहयोगी संस्था इन्टरन्याशनल रेस्क्यु कमिटीका प्रमुख डेभिड मिलिब्याण्डले म्यानमारको सेनालाई सहयोग गरिरहेका देशलाई त्यो हिंसा रोक्नका लागि आफ्नो शक्तिको प्रयोग गर्न आह्वान गरेका छन्।
म्यानमारको सेनाको कारबाहीलाई संयुक्त राष्ट्रसंघले जातीय सफायाको संज्ञा दिएको थियो।

साभार ः बिबिसी नेपाली सेवा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्