प्रदेश ५

भारतिय राजदुत राजिनामा दिई चुनाव लड्दै

By थाहा अनलाइन

September 24, 2017

सैघाली खबर काडमाण्डौ ८ , असोज

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राजीनामा दिएर संसदको निर्वाचन लड्न आउने भएका छन्। उनले सो बारेमा कांग्रेसका नेताहरूलाई जानकारी गराइसकेको र नेताहरू पनि उनलाई स्वइच्छाले निर्णय गर्न भनिसकेका छन्।

उपाध्याय नेपाली कांग्रेसका नेता हुन्। उनले गृह जिल्ला कपिलबस्तुबाट लामो समयदेखि राजनीति गर्दै आएका छन्।

पछिल्लो पटक भने उनी संविधान सभा निर्वाचनमा पराजित भएका थिए।

दिल्लीबाट सेतोपाटीसँग टेलिफोनमा कुरा गर्दै राजदूत उपाध्यायले राजीनामा गर्ने संकेत गरे।

के तपाईँले राजीनामा गर्न लाग्नुभएको हो भन्ने सेतोपाटीको प्रश्नमा राजदूत उपाध्यायले भने,‘निर्वाचन लड्न आउन मेरा साथीभाईहरूको ठूलो आग्रह छ, म पनि राजनीतिक व्यक्तिनै हुँ,’ उनले भने, ‘तर जुन समयमा मैले राजदूतका रूपमा काम सम्हालेँ त्यो पनि ठूलो जिम्मेवारी थियो। अब त्यो जिम्मेवारीलाई मर्यादित रूपले अवतरण गरौं भन्ने सोंचमा छु।’

उनले दसै लगत्तै काठमाडौं आएर छलफल पछि राजीनामा दिनेछन्।