प्रहरीले एटीएमको प्रणाली ह्याक गरेर पैसा लुट्ने चिनियाँ ह्याकरको नेपाली रुपैयाँ साट्ने दुई मनि चेञ्जरको पहिचान गरेको छ। महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले अनधिकृत रुपमा पैसा साट्ने दुई मनि चेञ्जरका सञ्चालक र प्रबन्धकलाई पक्राउ समेत गरेको हो।नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
घटनामा प्रत्यक्ष संलग्न रहेका नेपालयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन्। परिसरका अनुसार ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए।अनुसन्धान अधिकारीहरुका अनुसार शनिबार बिहानदेखि एटीएमबाट पैसा निकाल्न थालेका चार जना चिनियाँले आलोपालो गरी ठमेलका यी दुई मनि चेञ्जरमा पुगेर पैसा साटिरहेको क्लोज सर्किट क्यामेरामा भेटिएको छ। अनुसन्धान अधिकृतका अनुसार मनि चेञ्जरले गैरकानुनी रुपमा नेपाली रुपैयाँ सटही गरेकाले सोही कसुरअनुसार मुद्दा अघि बढाइने छ।
हामीले नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार लुटिएको रकम लगभग बरामद गरेका छौं,’ अनुसन्धान अधिकृत भने, ‘विमानस्थलमा पक्राउ परेका आरोपीसँग समेत ६ हजार अमेरिकी डलर बरामद भएको छ।’ बोगटीले फरार रहेका दुई जनाले मनि चेञ्जरबाट साटेको रकम लिएर फरार भएको आशंका व्यक्त गरे।प्रहरीले दुवै मनि चेञ्जरका सीसीटीभी फुटेज समेत लिएर अनुसन्धान गरिरहेको छ। शनिबार राति भएको एटीएम ह्याक घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।