प्रदेश ५

राजविराजमा पुनः मतगणना सुरु

By थाहा अनलाइन

September 24, 2017

सैघाली खबर राजविराज ८ असोज 

दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आइतबार अपराह्नदेखि पुनः सुरु भएको छ ।

निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका–१ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।