मुख्य समाचार

स्थानिय तहको चुनावी परिणाम अन्तिम तिर

By थाहा अनलाइन

September 25, 2017

सैघाली खबर काठमाडौं, ९ असोज

स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतपरिणा अन्तिम चरणतिर पुगेको छ । एक मात्र महानगर बीरगञ्ज बाहेक अरु स्थानको नतिजा आज आइसक्ने भएको छ । अन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १३० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।त्यसैगरी नेकपा एमाले १७, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् । बिरगञ्ज महानगरपालिका बाहेक सबै स्थानीय तहको मतपरिणाम आजसम्म आइसक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।