दलहरु संघ र प्रदेशको चुनावमा



सैघाली खबर
काठमाडौं, ९ असोज


स्थानीय तहको तीनै चरणको निर्वाचन सकिएलगत्तै दलहरु प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आफ्नो पक्षमा पार्न ठूला तथा साना दलका शिर्ष नेताहरु आन्तरिक तयारीमा जुटेका छन् भने जिल्ला, जिल्लामा चुनाब केन्द्रीत कार्यक्रम शुरु गरेका छन् ।

नेकपा एमाले, केन्द्रीय कमिटीबाट आँउदो निर्वाचनको रणनिति तयार पार्न व्यस्त छ भने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी देश दौडाहामा लाग्नुभएको छ । स्थानीय तहको प्रदेश नम्बर २ मा राम्रो नतिजा आएपछि नेपाली काग्रेसका नेताहरुले पनि आँउदो निर्वाचन पनि आफ्नो पक्षमा पार्ने गरि छलफल शुरु गरेका छन् । अरु साना दलका नेताहरु पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा लागेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्