राष्ट्रियसभा सदस्यको निर्वाचन विधेयक छिटो प्रक्रियाबाट पारित गरिंदै



सैघाली खबर
काठमाडौं, ९ असोज

संसद सचिवालयमा दर्ता भएको राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ लाई छिटो प्रक्रियाबाट पारित गरिने भएको छ । बिधेयककलाई आज बस्ने बैठकमा पेश गर्ने र आज नै बिधेययकलाई पारित गर्ने तयारीमा दलहरु रहेका छन् ।

आज विहान सभामुखले प्रमुख सचेतकहरुसंग बाँकी रहेका अरु विधेययकहरुलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल गरेर प्रक्रिया अगाडी बढाउने तयारी गर्नुभएको छ । संसद सचिवालयका प्रवक्ता भरत गौतमले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धि विधेययक अत्याआवश्यक भईसकेकाले छोटो प्रक्रियाबाट अगाडी जान लागिएको जानकारी दिनुभयो ।

प्रदेशसभा निर्वाचनको लागि मत हाल्ने स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेश सभाका सदस्यहरुको मतभार भने फरक फरक हुने कानुनमन्त्रालयका उपसचिब सुवास भट्राईले जानकारी दिनुभयो । संविधान अनुसार राष्ट्रिय सभा ५९ सदस्यिय हुने छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्