यातायात भाडामा मनोमानी भएको गुनासोपछि सादा पोशाकमा प्रहरी परिचालन



सैघाली खबर
काठमाडौं, ९ असोज


सरकारले दशैँको बेला यातायात भाडामा जथाभावी गरेको भन्दै व्यवसायी र टिकट काउन्टरहरुमा कडा निगरानी गर्न थालेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सादा पोशाकमा प्रहरी खटाएर निर्धारितभन्दा बढी भाडा लिने यातायात व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका राज्यमन्त्री सीता गुरुङले सर्वसाधरण यात्रुलाई ठगी गर्ने व्यवसायीमाथि निगरानी गर्न सादा पोसाकमा प्रहरी तथा कर्मचारीलाई परिचालन गरिएको र कारबाही पनि गर्ने बताउनुुभयो । यातायात भाडामा मनोमानी गरेको गुनासो आउनुका साथै संचारमाध्यमहरुमा समाचारहरु पनि आएपछि मन्त्रालयले यस्तो कदम चाल्न लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्