घरेलु हिंसा सम्बन्धि सचेतना कार्यक्रम



सैघाली खबर,
दाङ ९ असोज।
बबई गाउपालिका ५ हापुरेमा घरेलु हिंसा सम्बन्धि सचेतना कार्यक्रम भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर र सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरको संयक्त आयोजनामा सचेतना कार्यक्रम भएको हो ।

सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी राजेन्द्र प्रशाद अर्यालको प्रमुख आतिथ्यता तथा ववई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि डिएसपी अर्यालले घरेलु हिसां भएमा सम्बन्धित निकायमा गएर उजुरी दिन आग्रह गरे । कार्यक्रममा बिशिष्ट अतिथि ववई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पश्चिम क्षेत्रमा अत्यधिक अपराधिक गतिबिधि हुने भएकाले त्यसको न्युनिकरण गर्न आफुले पहल थाल्ने बताए ।
त्यस अबशरमा सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष नारायणी रजौरेले महिलामाथि हुने हिंसा अन्त्य गर्न महिला पनि जागरुक हुनु पर्ने बताईन् ।

तालिमको प्रशिक्षण प्रहरी निरिक्षक रमेश बिष्ठले गरेका थिए । तालिममा ववई गाउपालिकाका एक सय १५ बढिको सहभागिता रहेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय पञ्चकुलेका प्रमुख विवेक कुमार शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञान प्रशाद आईतबारे, प्रमोद न्यौपाने, भिम बहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रहरी जवान शेर जंग चन्दले गरेका थिए । ​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्