अञ्जली अधिकारी र मेलिनालाई मध्य रातमा कल्ले बोलायो ?




काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित कलाकारहरु संयुक्त प्रस्तुति ‘कल्ले बोलायो’ सार्वजनिक भएको छ ।

सुर्खेतका युवा समाजसेवी लोकेस खत्रीको लगानीमा निर्माण भएको म्युजिक भिडियो ‘कल्ले बोलायो’ बुधबार राति युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

वर्तमान ट्रेन्डअनुसार तयारी गरिएको गीतमा यो समयमा चर्चिक गायक गायिको आवाज रहेको छ । भिडियोमा पनि चर्चित मोडलहरु रहेका छन् ।

रुद्र जिएमको लय शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीलाई फिचरिङ गराइएको छ ।

गीतका शब्दअनुसार काजिस श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

नयाँ शैलीमा प्रस्तुत गरिएको भिडियोमा मोडल बिमलले झिसमिसेमै ‘वई कान्छि’ भन्दै ठूलो स्वरमा बोलाएका छन् । आवाज सुन्दा अञ्जली उज्यालो नहुँदै कल्ले बोलायो भन्दै दंग पर्छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्