राप्रपा छाडेर कोमल वली एमाले प्रवेश गर्दै



सैघाली खबर,
दाङ ९ –असोज ।चर्चित गायिका कोमल वली एमाले सोमबार एमाले प्रवेश गर्दैछिन् । दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उहाँलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
पार्टी अध्यक्ष केपी शर्मा झापा जानुपर्ने भएकाले उपाध्यक्ष गौतमले गायिका वलीलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित वली एक वर्ष नपुग्दै एमालेमा प्रवेश गर्न लागेकी हुन् । एमालेको एजेण्डा मन परेको वलीको प्रतिक्रिया छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्