मुख्य समाचार

दशैंको टिक बुकिङमा बार्गेनिङ, बुकिङ खुल्ने अनिश्चित

By थाहा अनलाइन

September 05, 2019

काठमाडौं । दशैंको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनः बस्नेगरी स्थगित भएको छ ।

यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने बताएको समाचार कारोबार दैनिकले लेखेको छ ।

ग्रामीण क्षेत्रका सडकहरुको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तीव्रताका साथ काम अघि बढाउनुपर्ने बताएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हामालले यस वर्षको दसैंमा टिकटको समस्या हुन नदिने ठोकुवा गरेका छन् भने यातायात व्यावसायीहरुले अग्रीम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनुपर्ने माग गरेका छन् ।