मुख्य समाचार

११ आंै अनसन वस्न डा. केसी दाङ आउदै

By थाहा अनलाइन

May 26, 2017

१२ जेष्ठ , दाङ । डा. गोविन्द केसी आफ्नो ११ आंै अनसन वस्न दाङ लाग्नुभएको छ । ‘एक प्रदेश , एक स्वास्थ्य विज्ञान प्रतिष्ठान ’ निर्माणका लागि सरकारले अवधारणा निर्माण गरे पनि उक्त अवधारण लाई सरकारले व्यवस्ता गरेकाले दवाव स्वरुप डा. केसी ११ आंै अनसनका लागि दाङ आउने जनाएको छ ।

दाङ स्थित उपक्षेत्रीय अस्पतालमा आएर अनसन बस्ने घोषणा गरे अनुरुप आफ्ना सहयोगी सहित दाङ आउने जानकारी दिईएको छ । आफ्ना माग पुरा गर्न सरकारलाई शनिबार सम्मको अल्टिमेटम दिएका डा. केसी भने शुक्रवार बेलुका नै दाङका लागि काठमान्डौंवाट प्रस्थान गर्ने जनाएको छ । त्यस्तै सर्वौच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता,सरकारले अघिल्लो अनसनका क्रममा हरेक प्रदेशमा एक एक वटा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्झौता कार्यान्वयनमा चासो नदेखाएको लगायतका माग राख्दै उनी ११औं पटक अनसन बस्न लाग्नु भएको हो ।