प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य



प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहनुभएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिनुभएको छ । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उहाँको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया प्लाज्मा फेरेसिस पूरा भएको वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल जानुभएको थियो । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उहाँ आज स्वदेश फर्कनुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्