तेह्रथुमको आठराई गाउँपालिकामा रहेको पोखरी माविको ६१ औँ वार्षिकोत्सव सम्पन्न



 

इन्द्र नेपाली तेह्रथुम ।

तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव चार दिनसम्म विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरुसहित शनिबार सम्पन्न भएको छ ।

वार्षिकोत्सवका अवसरमा भएको गाउँपालिका क्षेत्रका माविस्तरीय फुटबल प्रतियोगितामा छात्रतर्फ रामसंस्कृत मावि खेलपुर विजेता र प्रणामी मावि इवा उपविजेता बनेका छन् । यस्तै, छात्रातर्फ सरस्वती मावि ह्वाकु विजेता र प्रणामी मावि इवा उपविजेता बनेको छ ।

यस्तै, माविस्तरीय वक्तृत्वकला प्रतियोगितातर्फ शाहारा कन्दङवा श्रीकृष्ण मावि डाँडागाउँ प्रथम, कविता लामिछाने प्रणामी मावि इवा द्धितीय, सविन सिटौला पोखरी मावि छातेढुंगा तृतीय र सोनु चम्लागाई भगवती मावि थोक्लुङ सान्त्वाना भएका छन्

खुला कविता प्रतियोगितातर्फ सविन सिटौला पोखरी मावि, रिता कटुवाल त्रिमोहन मावि, सोनु चम्लागाई भगवती मावि र हिमादेवी सापकोटा श्रीकृष्ण मावि क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वाना भएका छन् ।

आधारभूत तह लोकनृत्यतर्फ पोखरी मावि प्रथम, रन्दल आवि द्धितीय र प्रणामी मावि तृतीय भएका छन् । आधारभूत तह हाजिरीजवाफ प्रतियोगितामा पोखरी मावि प्रथम, प्रणामी मावि द्धितीय र सरस्वती आवि होडा तृतीय भएका छन् ।

सबै प्रतियोगितामा विजयीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गर्दै बार्षिकोत्सव सम्पन्न भएको प्रधानाध्यापक देवीप्रसाद संग्रौलाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्