कांग्रेस नेता भुषाल राष्ट्रपतिबाट सम्मानित



काठमाडौ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता दामोदर भुषाल राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज सम्मानित भएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवा नेता भुषाललाई विद्याभुषण “क” बाट सम्मानित गरेकी हुन् ।

हरेक बर्ष स्वदेश तथा बिदेशवाट विभिन्न विधामा विभिन्न समयमा विद्यावारिधी गरेका व्यक्तिहरुलाई उक्त उपाधिले सम्मान गर्ने गरीएको छ, त्यसै अवसरमा उनी सम्मानित भएका हुन।उनीे चीनको पेकिङ्ग विश्वविद्यालयवाट विद्यावारिधी गर्ने पहिलो व्याचको पहिलो नेपाली बिद्यार्थि पनि हुन् ।

उनले नेपालमा उद्यमशीलता विकासमा विप्रेषणको भूमिका विषयमा सोध गरेका छन् । नेता भुषालले त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् । राजनीतिलाई पवित्र कार्य ठान्ने नेता भुषाल परिवारमा राजनीतिमा तेस्रो पुस्ताका प्रतिनिधि पात्र हुन् ।

विद्यार्थी जीवनमा भुषाल सधै चर्चामा रहिरहे । उनी क्याम्पसमा अध्यन गर्दा काठमाडौ शिक्षा क्याम्पसको स्ववियु सभापति बनेका थिए । नेविसंघको विदेश विभाग प्रमुख रहदाँ नेता भुषालले शिक्षालाई शान्ति क्षेत्र कायम गराउने र विद्यार्थीको अधिकार स्थापित गराउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा परेका छन् । मुलधारको राजनीतिमा नेपाली कांग्रेस गुल्मीको क्षेत्रिय सभापतिको जिम्मेवारी निर्वाह गर्दा नेता भुषालले गरेका कामहरु अहिले पनि स्मरणीय छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्