दुई कारागारबाट २० जना कैदी रिहाई



शुसिल बस्नेत,
दाङ ९ असोज।
दाङका दुई कारागारबाट २० जना कैदी रिहाई भएका छन् । कारागार शाखा तुलसीपुरबाट १६ जना र घोराही कारागार शाखाका ४ जनाले बाँकी कैद मिनाह पाएका छन् ।
राम्रो चालचलन भएका मध्येबाट दुई कारागार शाखाले नेपाल सरकारलाई गरेको सिफारीसका आधारमा दाङका दुई कारागारबाट २० जनाले बाँकी कैद मिनाह पाएका हुन ।
तोकिएको सजायमा ४० प्रतिसत भुक्तानी गरि सकेका र राम्रो चालन का साथ कैदी जीवन बिताई रहेकालाई नेपाल सरकारको असोज २ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार कैद मुक्त भएका हुन । वडा दशै र गणतन्त्र दिवसको अबसरपारि प्रत्येक बर्ष कैदीलाई रिहाई गर्ने नेपालमा ब्यबस्था छ ।

सोही अनुरुपमा कारागार शाखा तुलसीपुरबाट कर्तब्य ज्यान सम्बन्धि अपराधमा कैद जीवन बिताई रहेका ७ जना दाङका,रोल्पाका २,रुकुमका २ र प्यूठानका ३ जना गरि १४ जना र चोरीको अपराधका दाङका २ जनाले बाँकी कैद मिनाह भएको कारागार शाखा तुलसीपुरका प्रमुख देबन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कारागार शाखा घोराहीबाट सवारी ज्यानमा कैद जीवन बिताइरहेका २,कर्तब्य ज्यान सम्बन्धि अपराध लागेका १ जना र चोरीको अपराध लागि कैद जीवन बिताईरहेका १ जना गरि ४ जनाले बाँकी कैद मिनाह पाएका जेलर काशीराम वलीले जानकारी दिनुभयो । कारागार शाखा तुलसीपुरमा ३ नावालक,२७ महिला र २५८ पुरुष गरि २८५ जना छन् भने कारागार शाखा घोराहीमा १८२ जना पुरुष कैदी छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्