टेकबहादुर पुन,
। दाङ्ग देउखुरीको कोईलाबास भन्सार कार्यालयले चालु आर्थिक बर्ष ०७६र७७ मा १० लाख ८५ हजार रुपैया राजस्व सँकलन गर्ने लक्ष्य लिएको छ ।
नया आर्थिक बर्ष शुरु भए सँगै अहिले सम्म २९ हजार ८ सय रुपैया राजस्व सँकलन भईसकेको कार्यालयका प्रमुख राम बहादुर बिकले जानकारी दिए ।
गत आर्थिक बर्ष ०७५/७६ मा कोईलाबास भन्सार कार्यालयले लक्ष्यको ६५ प्रतिसत मात्र राजस्व सँकलन गर्न सफल भएको थियो ।
१३ लाख रुपैया राजस्व उठाउने लक्ष्य लिएपनी भन्सार कार्यालयले गत आर्थिक बर्षमा ८ लाख ९८ हजार ९ सय ६० रुपैया मात्र राजस्व सँकलन गर्न सकेको कार्यालयका प्रमुख बिकले जनाए । जसमध्य सबैभन्दा बढि अस्थाई पैठारी शिर्षकमा ४ लाख रुपैया राजस्व सँकलन भएको कार्यालयको भनाई छ ।
कार्यालयले लक्ष्यको ३५ प्रतिसत अर्थात ४ लाख, १ हजार ४० रुपैया राजस्व सँकलन गर्न भने सकेन । त्यो भन्दा पहिले आर्थिक बर्ष ०७४र७५ मा भन्सार कार्यालयले लक्ष्यको जम्मा २५ प्रतिसत अर्थात ३ लाख ६८ हजार रुपैया मात्र राजस्व सँकलन गरेको थियो ।
कार्यालयले तिर्थस्थल स्वर्गद्वारी र रिहारमा लाग्ने मेलाको अवलोकनका लागि आउने भारतिय भक्तजन हरुबाट बढि राजस्व सँकलन हुने जानकारी दिएको छ ।
भन्सार कार्यलयमा कर्मचारीको अभाब
भन्सार कार्यालय कोईलाबासमा कर्मचारीको अभाब हुँदा कार्य सम्पादनमा समस्या हुने गरेको कार्यालयले जनाएको छ । दाङ्गको एक मात्र भन्सार कार्यालय कोईलाबासमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम सम्पन्न गर्न असहज हुने कार्यालय प्रमुख बिकले जानकारी दिए ।
भन्सार कार्यालय कोईलाबासमा २ जना नायब सुब्बा र २ जना कार्यालय सहयोगी गरि ४ जना कर्मचारी रहने ब्यबस्था छ । तर बर्षौदेखी कार्यालय २ जना कर्मचारीको भरमा चल्दै आईरहेको छ । अहिले १ जना नायब सुब्बा र १ जना कार्यालय सहयोगी मात्र रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।